सुरक्षित बन्दै आप्रवासी सामी परियोजना

विराटनगर । सुरक्षित वैदेशिक रोजगारका लागी सञ्चालित सुरक्षित आप्रवासी सामी परियोजना मोरङमा प्रभावकारी वन्दै गएको छ । जिल्ला प्रसाशन कार्यालय परिसरमा दुइ वर्षदेखि परियोजना सञ्चालनमा छ । परियोजनाले वैदेशिक रोजगारमा जानेहरुलाई सहि सुचना दिन,े सहजिकरण गर्ने, विदेशमा अलपत्र परेका नेपाली कामदारहरुको उद्धार तथा ठगिमा परेकाहरुको रकम र्फिता जस्ता कार्यमा लिएर पीडित पक्षलाई वुझाउने काम गर्दै आएको छ । परियोजनाले विदेश जाने युवा युवतीहरुलाई परामर्स दिदै विदेश जादा कस्तो मेन पावरको भरमा जादै हुनुहुन्छ, सिप सिक्नु भएको छ छैन, त्यहा गएर गर्ने कामका विषयमा मेनपावरसँग कुरा भएको छ छैन, सिप सिकेर जाँदा हुने सहजता जस्ता विषयमा सल्लाह र सुझाव दिने गरेको छ ।
परियोजनाले गत आर्थिक वर्षमा प्रतिनिधि तथा मेनपावर कम्पनीले वैदेशिक रोजगारमा जान खेज्दा ठगिएका कामदारका १ करोड १२ लाख १० हजार ५ सय रुपैयाँ असुल उपरगरी पीडित पंक्षलाई बुझाएको छ ।

त्यस्तै परियोजनाले वैदेशिक रोजारमा जाने ४६ सय २ जनालाई सुरक्षित रोजगारका लागि परामर्श दिएको छ । त्यसमध्ये ३ हजार ४ सय ९४ जना पुरुष र १ हजार १ सय ८ महिला रहेका छन । त्यस्तै कार्यालयमा २ सय ८६ उजुरी दर्ता भएका छन । त्यसमध्ये १ सय ८२ ठगिका र विदेशमा अलपत्र परेका र मृत्यु भएका १ सय ४ उजुरी दर्ता भएको आप्रवासी श्रोतकेन्द्र परियोजनाका परार्मसकता सरोजकुमार खनालले बताए ।
उनका अनुसार कार्यालयमा ३९ वटा ठगीका उजुरीको समाधान गरेको, १६ जनालाई सुरक्षित रोजगारका लागि सिप सिक्न सिटीभिटीमा पठाइएको छ । कार्यालयले गत आर्थिक साहयता, मृत्यु पश्चात हुने विमा, पाउने तलव सुविधा वोनसका ७२ वटा उजुरीको समेत समाधान गरेको छ । त्यसबाट कार्यालयले ३ करोड १ लाख ८९ हजार रकम प्राप्त गरेको परार्मसकर्ता खनालले जानकारी दिए । जिल्ला प्रसासन कार्यालयमा मलेसिया, साउदी, कुवेत, कतार लगायत अन्य देश जानका लागि पासपोर्ट बनाउन आउने ६० जनाभन्दा बढिले दैनिक सेवा लिने गरेका छन् ।

प्रतिनिधि तथा मेनपावर कम्पनीहरुले रकम लिएर वैदेशिक रोजगारमा नपठाउने, पठाए पनि विदेशमा लगेर अलपत्र पार्ने, भोकभोकै राख्ने साथै मेनपावर कम्पनिले भने जस्तो काम नदिने गरेको उजुरी धेरै आउने गरेको अर्का परामर्स कर्ता मुना निरौलाले बताइन् । यसरी आएका उजुरी उपर जिल्ला प्रसासन कार्यालयको समन्वयमा पीडित तथा पीडितका परिवार र मेनपावर प्रतिनिधिलाई राखेर छलफल गर्ने, मेनपावरसँग रकम र्फिता गराउन पहलगर्ने त्यस बाटपनि समस्या समाधान नभए सवै कागजपत्र राखेर त्यस्ता उजुरी वैदेशिक रोजगार विभागमा पठाउने गरेको परर्मसकर्ता निरौलाले बताइन् ।

खाडी मुलुकजाँदा सरकारले तोके अनुसार ९ देखि १० हजार रुपैयाँ लाग्ने भए पनि अज्ञान्ताका कारण कामदाबाट मेनपावर कम्पनीले एक लाखदेखि अढाई लाख रुपैयाँसम्म लिने गरेको कार्यालयले जनाएको छ । नेपाल सरकारको वैदेशिक रोजगार भन्ने वेवसाइढमा जादा कुन देशजादा कति पैसा लाग्छ कतिपय देश जादा कामदारहरुको रकम समेत नलाग्ने भन्ने विषयमा सवै कुरा उल्लेख गरिएको हुन्छ । तर विदेश जाने युवा युवतीहरुलाई यी सवै कुराको जानकारी नहुदा मेनपावरहरुले सरकारले तोकेको रकममा पठाउन नसक्ने भन्दै कागजी प्रक्रिया पुरा नगरी कामदारसँग वढि रकम लिने गरेकाले वढि रकम लिने त्यस्ता मेनपावर कम्पनीलाई कार्वाहीगर्न प्रमाण समेत नजुटने गरेकाले त्यसतर्फ सरकारले ध्यान दिनु आवश्यक रहेको परामर्शकर्ता बताउछन् ।

दुई वर्षदेखि सगरमाथा सामुदायिक विकासकेन्द्र द्धारा सञ्चालित सो परियोजना चालु आर्थिक वर्षदेखि कुनै निकायले सञ्चालन गर्न पहल नगरेपनि परियायोजनाले भने आफनो नियमित काम गरिरहेको छ ।

प्रतिक्रिया