ब्राण्ड थाहा पाउने ग्रोबाइडेटाका उत्कृष्ट कर्मचारीहरु पुरस्कृत


ललितपुर । ग्रोबाइडेटा (जीवीडी) नामक संस्थाको वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोह ललितपुरस्थित मुख्य कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा ग्रोबाइडेटाका म्यानेजिङ पार्टनर तथा संस्थापक अध्यक्ष प्रशन्न ढुङ्गेलले संस्थाका विभिन्न विधाका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार प्रदान गरी सम्मान गरे ।
जीवीडी क्लाइन्ट कन्फोर्टर अवार्ड २०२१ सिनियर सफ्टवेयर इन्जिनियर कृशा अमात्य, जीवीडी टिम असौम अवार्ड २०२१ कष्टमर सक्सेस टिम, जीवीडी विहान्ड द सिन्स अवार्ड २०२१ एसोसिएट कर्पोरेट स्टाटजी म्यानेजर शुभेच्छा के सी, जीवीडी रुकी अफ द योर अवार्ड सिनियर सफ्टवेयर इन्जिनियर विवेक रत्न कंसाकार र जीवीडी अवार्ड फर एक्सिलेन्ट लिडरशिप २०२१ डिरेक्टर अफ कष्टमर सक्सेस स्वन्तिना स्वराज शाक्यलाई वितरण गरी सम्मान गरियो । कार्यक्रममा क्यारेमवोर्ड टुर्नामेन्टका विजयी पुरुष तथा महिला कर्मचारीहरुलाई पनि मेडलसहित पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाको वर्तमान अवस्थाबारे सुविन बहादुर श्रेष्ठ भिपी अफ अपरेसन्स, विमर्श पोखरेल डिरेक्टर अफ प्रोडक्ट डेभलपमेन्ट, स्वन्तिना स्वराज शाक्य डिरेक्टर अफ कन्जुमर सक्सेस, मलिना थोकर सिनियर मार्केटिंग एनालिष्टले आफना टिम हाइलाइट्सबारे चर्चा गरेका थिए । साथै प्रज्ज्वल शाक्य प्रिन्सिपल सफटवेयर इन्जिनियर र शुशिल श्रेष्ठ प्रिन्सिपल सफटवेयर इन्जिनियरले अनुभब सेयर गरेका थिए ।
के हो ग्रोबाइडेटा ?

। ग्रोबाइडेटाले विश्वका ठूला एजेन्सीहरु ब्रान्डहरुलाई अनलाइन बजारहरु र गुगलमा अनलाइन ग्राहकहरुले ब्राण्डमा सामानहरु देखिएको छ कि छैन, देखिएको छ भने सस्तो छ कि महँंगो छ । त्यसैगरी अरु कुनै प्रसतिस्पर्धीहरुको सामान देखिएको छ, ग्राहकहरुले ब्रान्डको सामानहरुकोबारे कस्तो रिभ्यु दिएको छ भन्ने बहुमूल्य दृष्टिकोण दिन्छ । यो इन्फरमेशनले ब्रान्डहरुले आफना ग्राहकहरुमा पुग्न के पहल गर्नुपर्छ भन्ने बुझन सकिन्छ र आफनो व्यापार बढाउन काम अगाडि सार्न सक्छन् । यो इन्फरमेशन विना ब्रान्डहरु अन्धकारमा हुन्छन् र आफनो व्यवसाय राम्रो गर्न कदापि सक्दैन ।
चार कर्मचारीहरुको कम्पनीद्धारा सुरु गरिएको ग्रोबाइडेटामा अव एक सय भन्दा बढी पूणर्कालिन कर्मचारी र लगभग चालीस ५० आंशिक कर्मचारीहरु कार्यतर छन् । ग्रोबाइडेटासँंग विग डाटा इन्जिनियरिग, डिजिटल मार्केटिंग, मानवीय साधन, वित र अन्य धेरैमा आफनो करियर बनाउन खोजिरहेका स्नातक पूरा गरेका विद्यार्थीको लागि अवसर छन् । ग्रोबाइडेटामा डेटा इन्जिनियर, डिजाइन, एसईओ विशेषज्ञ, सफ्टवेयर इन्जिनियर, डेटा विश्लेषक, डिजिटल मार्केटिगहरु काम गर्छन् । ग्रोबाइडेटाले विद्यार्थीलाई विभिन्न क्षेत्रहरु र अनुप्रयोगहरु जस्तै पाइथान, पीएएचपी, डट नेट, डाटाबेस, वेभ डिजाइन आदिमा इन्टर्नशिप अवसरहरु प्रदान गर्दछ । उनीहरुले नेपालका विभिन्न कलेजहरु जस्तै एनसीआइटी, आईओई, केइसी, केआइएजजीएस आदिमा कलेज अन्तरक्रिया सुत्रहरु सञ्चालन गर्दै आएका छन्, जहाँ ग्रोवाइडेटा विशेषज्ञहरुले विभिन्न आइटी विषयहरुमा विद्यार्थीलाई आफनो ज्ञान अनुभब प्रदान गर्दछन् । ग्रोवाइडेटाले कर्मचारीहरुलाई अमेरिका पठाएर त्यहाँंको मार्केट बुझने र त्यहाँंबाट पनि काम गर्ने अवसरहरु प्रदान गर्न थालेका छन् ।
ग्रोबाइडेटाले विभिन्न कर्पोरेट सामाजिक उतरदायित्व कार्यक्रमहरु, कर्पोरेट सोसियल रेन्पोसिविलिटी सञ्चालन गरी आइरहेको छ । जस्तै सरकारी विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई प्रशिक्षकहरु तलिम दिने, महिला विद्यार्थीलाई महिनाबारी र महिला स्वास्थ्य सम्वन्धी सचेतना कार्यक्रम, नखु जेलमा पुस्तकालय निर्माण, बाढीपीडितहरुलाई लुगा खाना अनुदानस्वरुप वितरण, बृद्ध आश्रम, अनाथालय, बृक्षारोपण, सामुदायिक सरसरसफाई, कोभिड समयमा विशेष विशेषाधिकार प्राप्त बालबालिकालाई सहयोग गर्दै आएको छ ।
हालसालै ग्रोबाइडेटाले अमेरिकाको यूएस सर्च अवार्ड २०२२ अन्तर्गत वेष्ट सफटवेयर इनोभेसन विधामा मनोनित भएको छ । साथै ग्रोबाइडेटाका सहसंस्थापक प्रसन्न ढुंगेलले २०२१ मा नेपाली डायस्पोरा आइसीटी अवार्ड जितेका थिए । आगामी दिनमा यसैगरी विश्वका ठूला ब्रान्ड र एजेन्सीहरुसँंग अझ काम गरी आफनो प्रवाह अझै वढाउन पहल गरिरहेको छ ।

प्रतिक्रिया