पाँचथर । जिल्लामा १६ जनालाई कोरोना पुष्टि भएको छ । जिल्ला अस्पतालमा संकास्पद लक्षण देखिएपछि चेकजाँच गर्दा कोरोना पुष्टि भएको हो ।
२३ जनाको परिक्षण गर्दा १६ जनामा कोरोना देखिएको सूचना अधिकारी नारायण जोशीले जानकारी दिए । केही हप्तादेखि जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी संक्रमित बढेको अवस्था थियो ।
यो समयमा गाउँ–गाउँमा घरैपिच्छे ज्वरो, खोकिका बिरामी रहेको पाइएको छ । १६ जनामध्ये तीन जना कोरोना संक्रमितलाई अस्पताल भर्ना गरिएको सूचना अधिकारी जोशीले बताए । कोरोनाबाट बच्नको लागि स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया