पाँचथर । जिल्लाको तुम्वेवा गाउँपालिका– २ का ३८ वर्षीय जिवन मगरको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ । सोमबार मेवागाउँमा अन्न पिस्ने मिलमा विद्युत् सट भइ करेन्ट लाग्दक मगर घाइते भएका थिए ।
उक्त समयमा छिमेकी ३५ वर्षीय पुर्ण मगरलाई समेत करेन्ट लागेको थियो । जिवनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्ता घटनालाई न्यूनिकरण गर्न स्थानीय सरकारले विद्युत् उपभोक्ताहरुलाई सचेतना अभियान चलाउन सुझाव दिएका छन् ।
प्रतिक्रिया