पाँचथर । पाँचथरमा ९ वर्षीया बालीका बलात्कृत भएकी छन् । फालेलुङ गाउँपालिका– ७ का १९ वर्षीय एमन सिवालाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गत असार ३२ गते बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालीकालाई आमाले बाटोमा रगतपक्ष भेटाएकी थिइन् । स्थानीय स्वास्थ्य चौकीमा चेकजाँच गरेपछि बालिकामाथि बलात्कार भएको खुलेको बताइएको छ ।
प्रहरीका अनुसार बालिका फरक क्षेमता भएकी हुन् । बलात्कृत बालीका बोल्न नसक्ने प्रहरीले जनाएको छ । आफन्तको उजुरीका आधारमा प्रहरीले सिवालाई बुधबार पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान गरी अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रतिक्रिया