खोटाङ । खोटाङमा अवैधरुपमा नदीजन्य बालुवा उत्खनन गरी ओसारपसारमा प्रयोग भइरहेको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारको भदौरेस्थित दुधकोसीबाट अवैध रुपमा नदीजन्य बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको प्रदेश २०३०१ त ५०२३ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नदीबाट अवैधरुपमा बालुवा उत्खनन गर्दै ओसारपसार गरिरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीको टोलीले मंगलटारतर्फ लैजाँदै गरेको बालुवासहितको ट्याक्टर नियन्त्रणमा लिएर कारबाहीका लागि नगरपालिकामा बुझाइएको प्रहरीले जनाएको छ ।
यस्तै गत शुक्रबार राति हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित सुनकोशी नदिबाट रातको समयमा अवैध रुपमा बालुवा उत्खनन गरेर ओसार–पसारमा प्रयोग भइरहेको लु ४ त ६९७४ ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सुनकोसीको भाडबेँसीबाट बालुवा बोकेर धितुङतर्फ जाँदै गरेको ट्याक्टरलाई प्रहरीले रातको २ बजे नियन्त्रणमा लिएको हो । नगरपालिकाले ट्याक्टर चालकलाई १ हजार ५०० जरिवाना तिराएर छाडेको छ ।
प्रतिक्रिया