पुल नबन्द पुर्वी मोरङका बासीन्दालाई सास्ती

विराटनगर । पाँचवर्ष अघि वाढिले भत्काएको मोरङको लोहन्द्रा खोलाको पुल निमार्णको काम सम्पन्न नहुदा यहाँका सर्वसाधारणले सास्ती खेप्नु परेको छ । २०७४ सालमा आएको वाढिले वेलवारी नगरपालिका तथा ग्रामथान गाउपालिकालाई जोडने खोलाको पक्की पुल बगाएको थियो । सुनसरी मोरङ सिचार्इँ आयोजनाको स्वामित्वमा रहेको पुल निमार्णको काम समयमा नै सम्पन्न नहुदाँ सो भेगका आधादर्जन पाकिलाकाका मानिसलाई आवतजावतमा समस्या भएको छ ।

वर्षा यामको सुरुवात सँगै खोलानालामा वाढि आउने क्रम बढेको छ । खोलामा वाढि आउँदा एक गाउँवाट अर्को गाउँमा आवत जावत गर्न समस्या भएको ग्रामथान गाउँपालिका–६ का रुद्र भण्डारीले गुनासो गरे । तीन वर्ष अघिदेखि वन्न थालेको सो पुलको कामले गति लिन नसकेको भन्दै चाडै पुलको काम सम्पन्न गर्न उनले आग्रह गरेका छन् । ‘पुल निमार्णको काम निकै सुस्त भएको छ । हाम्रो आग्रह छ यो पुल चाँडै बनोस,’ उनले भने ।

त्यस्तै सोहि पालिकाकी फुलकुमारी तामाङको गुनासो पनि उस्तै छ । ‘खोलामा बाढी छ वारपार गर्ने अवस्था छैन पारी जानुप¥यो भने धेरै घुम्नु पर्छ ।’ उनले समस्या सुनाइन् । बाढि आउदा वारीको मान्छे वारी पारीको मान्छे पारी हुने अवस्था छ ।

पुल निमार्णका लागि आयोजनाले करिव ३० करोड लागतमा १ सय ५२ मिटर लामो सो पुल तीन वर्षअघि ठेक्का लागाएको थियो । पुल निमार्णको काम ६० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाइको छ । बाढि आउदा पुलमा सिचाइँका लागि बनाइएको साइफन समेत वाढिले भत्काएको थियो । साइफनको माध्यमवाट नहरको पानीलाई पुल मुनिवाट वाहिर निकालिन्छ र खोला पारीको नहरमा जोडिन्छ । एकवर्ष अघि साइफन निमार्णको काम आयोजनाले सम्पन्न गर्दै साइफनवाट पानी सुचारु गरेपछि पुर्वी मोरङका २६ हजार हेक्टर जग्गामा सिचार्इँ पुगेको छ ।

आयोजनाका सव इन्जिनियर सम्भुप्रसाद मण्डलले पुल निमार्ण सम्पन्न गर्ने अवधि अझै १४ महिना बाँकि रहेको बताए । पुलको ६ वटा स्पानमध्ये ३ वटा स्पानको स्लाप ढलाइ गर्ने काम सम्पन्न भइ तोकिएको मितिमा पुलको काम सम्पन्न हुने उनलले दाबी गरे । उनका अनुसार वर्षाका कारण अहिले काम केहि ढिलो भएको छ ।
बाढिले बगाएको दुई वर्ष पछि पुल निमार्णको ठेक्का आसिश स्वामिनारायण आर्सिर्वाद जेवी सुनसरी धरानले पाएको हो ।
वर्षायाममा भयाभव रुपले बाढि आउने सो खोलामा पुल निमार्ण सम्पन्न नहुदा सो क्षेत्रका मानिसहरु आवश्यक कामपर्दा जोखिम मोलेर खोला वारपार गर्ने गर्दछन । पुल नबनेका कारण स्थानीयले सास्ती खेप्नु परेकाले समयमा नै पुल निर्माण सक्न स्थानीयको माग छ ।

प्रतिक्रिया