पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा जताततै पहिरो

धादिङ । गएरातीदेखी परेको अविरल बर्षासंगै खसेको पहिरोका कारण पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको जताततै पहिरो गएको छ । पहिरोका कारण नारायणगढ – मुग्लिन, मुग्लिन – मलेखु र नौबिसे-नागढुगां सडकखण्ड अहिले अवरुद्ध भएको छ। इच्छाकामना ६ तोपेखोला स्थित नाम्सी पुलमा विहान ४ बजे पहिरो खसेपछी रातिदेखि सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय चितनले जनाएको छ।

अहिले बिहानैदेखि पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । यस्तै पहिरोकै कारण मुग्लिन – मलेखु सडकखण्ड पनि अवरुद्ध भएको छ। गएराती ११ बजे इच्छाकामना ४ स्थित नाग्दिखोलामा पहिरो खसेको कारण सडक दुइतर्फी अवरुद्द भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया