नवलपुर । नवलपुरको कावासोती नगरपालिका– ३ मा पाँचवर्षे आवधिक विकास योजनासम्बन्धि कार्याशाला गोष्ठी आइतबार सम्पन्न भएको छ ।
कावासोती नगरपालिका– ३ को आयोजना र स्कोलर नेपाल प्रालि काठमाडौंको प्राविधिक सहयोगमा उक्त गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा वडा नम्बर ३ का जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, टोल सुधार समिति, सरोकारवाला र स्थानीय बासिन्दाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले छुट्टाछुट्टै समूह बनाई विषय र क्षेत्रगत रुपमा वडाभित्र विकास र सुधार गर्नुपर्ने पक्षका बारेमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए । कार्यक्रम कावासोती नगरपालिका– ३ का वडाध्यक्ष डोरमान गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष गिरीले वडाको विकासका लागि आफूले गोष्ठीका सहभागीहरुबाट प्राप्त सुझावहरुलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया