निर्वाचनमा एमालेले बाहुबल प्रयोग गरेको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले यस पटकको स्थानीय चुनावमा प्रमुख प्रतिपक्ष दल एमालेले बाहुबल प्रयोग गरेको आरोप लगाएको लगाएको छ । स्थानीय निर्वाचनको केही परिणाम आउन बाँकी रहेको बेला सोमबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएको हो ।

‘सरकारले निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ, निश्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्न निर्वाचन आयोगलाई सम्पूर्ण सहयोग पुर्यायो । सरकारले सम्पूर्ण बन्दोबस्त गर्दागर्दै पनि प्रतिस्पर्धी एमालेका केन्द्रीय तहका नेताहरुकै संलग्नता तथा निर्देशनमा बाजुराको बुढीगंगा नगरपालिकामा बाहुबलको प्रयोग गरी वडा नं २, ३, ५ र ९ का नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिमाथि आक्रमण गर्ने, मतदान केन्द्रबाट लखेट्ने, बन्धक बनाउने, बुथ कब्जा गरी फर्जी मत हाल्ने र राजिनामा दिएर फर्किएका निर्वाचन अधिकृतलाई फर्जि मत हालिएका मतपेटिका बुझ्न बाध्य पारियो’, कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘यो निर्वाचनले नेपाली कांग्रेसको नेतृत्वमा मात्रै देशमा भयरहित वातावरणमा स्वच्छ र निश्पक्ष निर्वाचन संभव छ भन्ने यथार्थलाई पुनः पुष्टि गरेको छ । नेपाली कांग्रेसको सरकारकै नेतृत्वमा नेपालमा बि. सं. २०१५, २०४८, २०५१, २०५६, २०६४, २०७४ को संसदीय निर्वाचन तथा बि. सं. २०४९ र २०७९ को स्थानीय तह निर्वाचन स्वतन्त्र र निश्पक्ष ढंगबाट सम्पन्न भएको कुरा यहाँहरुलाई विदितै छ ।

२०५४ सालमा नेकपा एमाले सम्मिलित सरकारले गराएको स् ४’, अनेकौँ अप्ठ्यारा बावजूद स्थानीय तहको निर्वाचन स्वच्छ, निश्पक्ष, धाँधलीरहित र भयरहित वातावरणमा सम्पन्न भएको र यसको नेतृत्व लिनुभएकोमा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाप्रति हार्दिक धन्यवाद दिन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

बालिग मताधिकारको आधारमा जनप्रतिनिधि चयन गरी लोकतान्त्रिक पद्धतिलाई वडा र पालिका तहसम्म पुर्याउने संवैधानिक जिम्मेवारी पूरा गरेकोमा निर्वाचन आयोग, निर्वाचन सम्पन्न गराउन खटिनुभएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, निर्वाचनमा सहभागिता जनाउने नेपालका सबै राजनीतिक दलहरु र निर्वाचनमा निर्भिक भएर मतदान गर्ने सम्पूर्ण मतदातालाई पनि हार्दिक धन्यवाद सो पार्टीले दिएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा नआएको आएको कांग्रेसको निश्कर्ष छ । यद्यपि विभिन्न ठाँउहरुमा अन्तरघात भएको सूचनाहरु आइरहेका र यो प्रवृती नदोहोरिएको भए उल्लेख्य संख्या थप हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया