काभ्रेको पाँचखालको प्रमुखमा कांग्रेसका महेश खरेल विजयी

काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन् । उनले १२ हजार ८३६ मत पाएका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८ हजार ११५ मत पाएका छन् ।

उनले दोस्रो पटक प्रमुखमा जितेका हुन् । यसअघि २०७४ मा पनि उनले प्रमुखमा जितेका थिए ।

यस्तै उपप्रमुखमा भने एमालेकी सूर्य माया दनुवारले जित निकालेकी छिन् । उनले गठबन्धन दलबाट उपप्रमुखकी उम्मेदवार माओवादी केन्द्रका चेतप्रसाद गौतमलाई हराएकी हुन् । दनुवारले ९ हजार ५३४ मत पाएकी छिन् भने गौतमले ९ जहार १० मत पाएका छन् ।

प्रतिक्रिया