राप्तीकाे मेयरमा एकीकृत समाजवादीका शमशेर लामा निर्वाचित

चितवन । चितवनको राप्ती नगरपालिकाको मेयरमा शमशेर लामा निर्वाचित भएका छन् । उनले नेकपा एमालेका गोविन्दप्रसाद कँडेललाई पराजित गरेका हुन् । लामा पाँच दलीय गठबन्धनका उम्मेदवार हुन्। उनी नेकपा एकृकीत समाजवादीका हुन् । लामा १२५२४ मत प्राप्त गरेर निर्वाचित भए ।

प्रतिद्वन्द्वी कँडेलले १२०५१ भोट पाए। मेयरमा निर्वाचित लामा राप्ती नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष थिए । उपमेयरमा देवेन्द्र लामा १२४४८ मत ल्याएर निर्वाचित भए। उनले एमालेकी मेनुका पाठकलाई पराजित गरेका हुन्। उनले १२४४८ भोट ल्याइन्। लामा कांग्रेसका हुन् ।

प्रतिक्रिया