धनगढी । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता बढाउँदै लगेका छन्। अहिलेसम्म धनगढीमा ७ हजार ४७० गणना भएको छ । जसमा हमालले ३ हजार ३२९ मत पाएका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार नृपबहादुर वडले १ हजार ८३७ मत ल्याएका छन् । नेकपा एमालेका रणबहादुर चन्दले ७८३ मत पाएका छन् ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले १ हजार ६२३, एमालेकी कन्दकला रानाले १ हजार ३५३ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले १ हजार १८ मत पाएका छन् ।
प्रतिक्रिया