धनगढीमा प्रमुखमा हमाल र उपप्रमुखमा अधिकारीकै अग्रता

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र र उपप्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवारले सुरुआत देखि नै अग्रता लिएका छन ।
प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको नै अग्रता रहेको छ । वडा नम्बर १ को ३ हजार ८ सय ९२ मतगणना हुँदा हमालले १ हजार ८ सय २९,सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर वडले १ हजार ५६ र नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय ९२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपप्रमुखमा सुरुआत देखि नै अग्रता लिएकी सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)की शान्ति अधिकारीको अग्रता रहेको छ । अधिकारीले ९ सय ४, नेकपा एमालेकी कन्दकला रानाले ५ सय ४ मत र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ सय १७ मत प्राप्त गरेका छन् । अब वडा नं १ को ३३० मत गणना गर्न बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया