मेयरकी उम्मेदवार सिर्जना सिंहले सार्वजनिक गरिन् ७ संकल्प

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरकी उम्मेदवार सिर्जना सिंहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेकी छन् । बिहीबार पत्रकार सम्मेलन गरेकी सिंहले आफ्नो ७ संकल्प सार्वजनिक गरेका हुन् ।

जसमा सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दिगो पर्यटन, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार, स्वावलम्बी महिला, सबल युवा, सृजनशील महानगरवासी छन् ।

प्रतिक्रिया