काठमाडौं । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठले अभिनय गरेको चलचित्र ‘सम्झना बिर्सना’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा कमेडी, प्रेम, रोमान्स र सस्पेन्सले स्थान पाएको छ । निमेष प्रधानले निर्देशन गरेको यो चलचित्रमा अद्वितीय प्रधान र रेविका प्रधानले संयुक्त रुपमा लगानी गरेका छन् । चलचित्रमा पूजा र आकाशका साथमा सुनिल थापा, छुल्ठिम गुरुङ र शिशिर राणाले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।
चलचित्र आगामी जेठ ६ गतेबाट अल नेपाल प्रदर्शनको प्रचारमा छ । यो चलचित्रमा दार्जिलिङ, सिलगुडी र सिक्किमका रमणीय स्थलको दृष्य समावेश गरिएको छ । चलचित्रको पटकथा तथा संवाद निर्देशक प्रधानले नै लेखेका छन् । आदित्य फिल्मसको ब्यानरमा निर्माण भएको चलचित्रको दृष्य शिव ढकालले खिचेका हुन् । तारा थापा ‘किम्भे’ ले सम्पादन गरेको चलचित्रमा राजन ईशान, सुदर्शन तामाङ र निर्देशक प्रधानकै पार्श्व संगीत सुन्न सकिन्छ ।
प्रतिक्रिया