एकीकृत समाजवादीबाट कोहलपुरको मेयरमा सर्वसम्मत र उपमेयरमा २ जनाको नाम सिफारिस

बाँके । नेकपा एकीकृत समाजवादीले कोहलपुरको मेयरमा सर्वसम्मत र उपमेयरमा २ जनाको नाम सिफारिस गरेको छ । कोहलपुर नगरपालिकाको मेयरको लागी एकीकृत समाजवादीले अब्दुल हुसेन खाँलाई सर्वसम्मत सिफारिस गरेको हो ।

उपमेयरमा भने २ जनाको नाम सिफारिस गरेको छ । जसमा नारायणी ओली र मन्जु कोइरालाको नाम सिफारिस गरिएको नेकपा एस बाँकेका सचिव दिपक जिएमले बताए ।

प्रतिक्रिया