कमलबहादुर शाही
कालीकोट । नेकपा एकीकृत समाजवादी पार्टी कालीकोटले खाँडाचक्र नगरपालिकाको नगरप्रमुख र उपप्रमुखका लागि दुई जना सर्वसम्मत चयन गरेको छ । नगरप्रमुखका लागि युवा नेता कमलबहादुर शाही र उपप्रमुखमा आशा शाहीलाई पार्टीले सर्वसम्मत चयन गरेको हो ।
एकीकृत समाजवादी पार्टी कर्णाली प्रदेश सदस्य तथा जिल्ला उपाध्यक्ष कमलबहादुर शाही विगत लामो समयदेखि राजनैतिक यात्रा हुमिएका युवा नेता हुन् । यस्तै उपप्रमुखका लागि सिफारिस भएकी आशा शाही २०६५ सालमा स्ववीयुको केन्द्रीय सदस्य समेत रहेकी थिइन् ।
आशा शाही
हाल युवा संघ नेपालका केन्द्रीय स्थाई कमिटी सदस्य समेत रहेकी युवा नेतृ शाही खाँडाचक्र नगरपालिकाको लागि सर्वसम्मत सिफारिस भएकी हुन् । विभिन्न पार्टीहरुले आफ्नो स्थानीय तहमा चुनाव लड्ने भन्ने विषयमा छलफल गर्दै गर्दा खाँडाचक्र नगरपालिकामा एकीकृत समाजवादीले टुङ्गो लगाएको छ ।
प्रतिक्रिया