काभ्रे । निर्वाचन कार्यालय काभ्रेले आसन्न ३० वैशाखमा हुन लागेको स्थानीय निर्वाचनको सम्पूर्ण तयारीहरू पूरा हुँदै गरेको बताएको छ । निर्वाचन कार्यालय काभ्रेले शुक्रबार आचारसंहिता तथा निर्वाचनसम्बन्धी अन्तत्र्रिmया कार्यक्रममा उक्त कुरा बताएको हो । राजनीतिक दलका प्रतिनिधि सम्बद्ध छलफलमा सबैमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न ध्यानाकर्षण गराइएको छ । गत २५ चैतबाटै लागू गरिए पनि आचारसंहिता पालनाको विषयबारे अनविज्ञ भन्दै उल्लंघन गर्ने संकेत देखिएपछि कार्यालयले काभ्रेका सबै निकाय र राजनीतिक दलका प्रतिनिधि राखेर सोबारे अन्तक्र्रिया गराएको हो । कार्यालयका प्रमुख जिल्ला निर्वाचन अधिकारी उमेश राईले पत्रकार देखि नेता कार्यकर्ता र रमतदाता सम्मले के गर्न हुन्छ÷हुँदैन र के गरे आचारसंहिता विपरीत हुन्छ भन्ने विषयमा कार्यपत्र पेस गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आचारसंहिता सबैले पालना गर्दै निर्वाचन भयरहित धाँधलीरहित स्वच्छ र मर्यादित बनाउन सबैको साथ अपरिहार्य भएको बताइन् । उनले धुलिखेल नगरपालिकामा निर्वाचनको आफ्नो कार्यालयले हेर्ने र त्यसबाहेक जिल्लाको १२ वटै पालिकामा खटिने निर्वाचन अधिकृतले पनि पालिकाहरूमा आचारसंहिता बारे पुनः जानकारी दिने भन्दै सुरक्षाको सवालमा एकीकृत सरक्षा नीति बनाइएको समेत बताइन् ।
निर्वाचन आचारसंहिता २०७८ प्रति सबै राजनीतिक दलले प्रतिबद्धता जनाएको हँुदा पार्टीको झण्डा र चुनाव चिन्ह तोकिएको आकारभन्दा ठूलो हुन नपाउने स्पष्ट व्यवस्थालाई राजनीतिक दल र उम्मेदवारबाट पूर्ण पालना हुन्छ भन्नेमा आफू विश्वस्त रहेको राईले बताए निर्वाचन आचारसंहिताले राजनीतिक दलको जुलुस, आमसभामा भाग लिने, प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह वा झन्डा अंकित लोगो वा स्टिकर, कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था गरेको छ । त्यस्तै, उम्मेदवारको कार्यालयमा तुल (कपडा) मा बनाइएको ३×३ फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्हबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्यदृश्य सामग्री बजाउन नहुने आयोगले सचेत गराएको छ ।
निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पूरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने, सञ्चार माध्यमको प्रयोगबारे पनि छुट्टै मापदण्ड तोकिएको छ ।
काभ्रे जिल्लामा जम्मा मतदाता ३ लाख ३ हजार ५ सय ५० जना जसमा महिला १ लाख ४९ हजार ३ सय ७५ जना रहेका छन् । भने पुरुष १ लाख ५४ हजार १ सय ८३ र अन्य २ जना रहेको निर्वाचन कार्यालय काभ्रेले जनाएको छ । जिल्लामा ०७४ निर्वाचन पछाडि नयाँ थप भएका ३१ हजार नाम संशोधन भएका छन् ।
प्रतिक्रिया