नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा धनराज वास्तविकको दाबी

काठमाडौं । कालीकोट जिल्ला नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा युवा नेता धनराज वास्तविकले दाबी गरेका छन् । एकीकृत समाजवादी पार्टीका केन्द्रीय प्रचार विभाग सदस्य वास्तविकले आगामी वैशाख ३० देशभर हुन लागेको स्थानीय तह निर्वाचनमा उक्त गाउँपालिकामा अध्यक्षको लागि आफू सिफारिस भइसकेको जानकारी दिए ।

सिफारिस भएपछि यद्यपि टिकट मिलेको खण्डमा चुनाव जितेर फरक तवरले आफ्नो गाउँपालिकामा विकास निर्माणका कार्य अघि सार्ने उनले बताए । साथै, वास्तविकले देशका हरेक क्षेत्रमा युवा पुस्ताको नेतृत्व आवश्यकता रहेको पनि बताए ।

गत चैत २९ गते पार्टीको गाउँपालिका स्तरीय कमिटीले वास्तविकसहित अध्यक्ष पदका लागि चार जनाको नाम सिफारिस गरेको जनाएको छ । हालका अध्यक्ष धीरबहादुर विष्ट, वीरेन्द्र बुढा र दानबहादुर सहकारी अध्यक्षका आकांक्षी छन् ।

पार्टीको केन्द्रीय निर्देशन अनुसार सकेसम्म जिल्लामा नभए प्रदेश कमिटीले पालिका स्तरीय नेतृत्वको लागि उम्मेदवार छनोट बताइएको छ ।

वास्तविकले शुक्रबार सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘आफ्नो इच्छाशक्ति, अठोट, आँट, साहास, दृष्टिकोण, विचार, अनुभव, योग्यता र क्षमताको परिक्षणका लागि नरहरीनाथ गाउँपालिकाको नेतृत्वको प्रस्तावित उम्मेदवार बनेको छु, अटुट आस्था बोकेर नेपाली वाम आन्दोलनको उचाईलाई थप उचाई दिन र समाजवादको आधार स्तम्भ तय गर्न समाजवादी आन्दोलनको मोर्चामा होमिएको हुँ, पालिका स्तरीय प्रतिस्पर्धा पहिलो र अन्तिम हो१ जाम गर्ने काम कम्युनिस्ट आन्दोलनको लागि मात्रै नभएर व्यक्तिका लागि पनि ठिक हुँदैन भन्ने बुझाई छ । त्यसैले पनि यो संक्रमणकालिन अवस्थामा परिक्षणको अग्निमा जल्नुलाई कसैले पनि अन्यथा मान्नु हुँदैन ।’

प्रतिक्रिया