चितवनमा बाघले बेपत्ता बनाएका वृद्धको शव भेटियो

चितवन । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको थियो ।

उनको शव जितपुरघाटमा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको थियो ।

बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो ।

याे पनि चितवनमा बाघले आक्रमण गरी एक वृद्धलाई बेपत्ता बनायो

प्रतिक्रिया