‘काग्रेस एमालेको पछि लागेर भविष्य संकटमा नपारौँ’

पर्वत । जिल्लाको कुश्मा बजारमा आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले अब पनि एमाले र काग्रेसको पछि लागेर आफ्नो मात्रै नभई भावि सन्ततीको समेत भविष्य संकटमा पार्न सहभागी हुन नहुने बताएका छन् । कुश्माको एक पार्टी प्यालेसमा राप्रपा जिल्ला कार्य समिति पर्वतले मंगलबार आयोजना गरेको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादीमा आप्mना कार्यकर्ता र आफ्ना मात्रै देख्ने कामबाहेक कुनै देश विकासको लागि दृष्टिकोण नभएको बताए ।

लिङ्देनले तीन ठूला दलले मुलुकलाई ३२ वर्षमा खोक्रो बनाएको र अब पनि जनताले यिनैलाई भोट दिएर जिताउनु भनेको देशलाई संकटमा लान प्रोत्साहन गर्नु जत्तिकै भएको बताए । उनले भने, ‘कांग्रेस, एमाले र माओवादीले भ्रष्टाचार र मुलुकलाई बेरोजगार उत्पादन गर्ने कारखाना बनाए आगामी तीन तहको निर्वाचनमा ती दललाई भोट दिनु नेपालीहरूको ठूलो गल्ती हुनेछ ।’

अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादी एकअर्काका विकल्प नभएको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी नै मुलुकको वैकल्पिक राजनीतिक शक्ति भएको र सबै नेपाली जनताको यसैमा भविष्य उज्ज्वल रहेको बताए । मुलुकमा अहिलेसम्म यिनै दलले शासन गरे तर खै देशलाई के दिए ? त्यसैले ती ठूला भनिएका दलबाट मुलुकको समृद्धि सम्भव नभएको भनाइ उनको थियो । स्थानीय तहको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजयी भएमा कक्षा १२ सम्म निःशुल्क रूपमा शिक्षा उपलब्ध, घरमै पुगेर वृद्धवृद्धाको स्वास्थ्यको निशुल्क जाँच, यातायात, सहजसडक र भ्रष्टाचार शून्य बनाइने प्रतिबद्धतासमेत अध्यक्ष लिङ्देनले गर्दै आसन्न निर्वाचनमा राप्रपालाई जिताउन आग्रहसमेत गरे ।

प्रतिक्रिया