उद्योग वाणिज्य संघ पाँचथरमा एमाले निकट घिमिरे निर्वाचित

पाँचथर । उद्योग वाणिज्य संघको १२औँ साधारणसभाबाट एमाले प्यानलका नवराज घिमिरे अध्यक्षमा निर्वाचित भएका छन् । सोमबार सकिएको मतगणनाअनुसार एमाले निकट युवा व्यवसायी घिमिरेले कांग्रेससहित पाँच दलिय गठबन्धनर्लाई पराजित गरेका हुन् ।

पाँच दलिय गठबन्धनका नेपाली कांग्रेस निकट नरेन्द्र अधिकारीलाई ७९ मतले पराजित गर्दै घिमिरे विजयी बनेका छन् ।उक्त निर्वाचनमा १३ सय ५ मत खसेकोमा घिमिरेले ६ सय ५२ र अधिकारिले ५ सय ७३ मत प्राप्त गरेका थिए ।

अधिकारी सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार थिए । सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी, नेकपा एकीकृत समाजवादीका उम्मेदवार थिए।

सो निर्वाचनबाट उपाध्यक्षमा सोमकुमार थापा, मिलन गिरी, वसन्त रिजाल, कुमारी मिश्र रहेका छन् । त्यस्तै महासचिवमा उमानाथ, उमेश अधिकारी, सचिवमा विकास थापा, कोषाध्यक्षमा चन्द्रप्रसाद डाँगी निर्वाचित भएका छन् ।

प्रतिक्रिया