सत्तागठबन्धन दलको बैठक : अन्य दलसँग तालमेल गर्न नपाइने

काठमाडौं । सत्तारुढ गठबन्धन दलको बिहीबार बसेको बैठकले स्थानीय तहको आगामी निर्वाचनमा सहकार्य गरेर अगाडि बढने सहमति गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनमा सहकार्यका लागि प्रभावकारी संयन्त्र निर्माण गर्ने निर्णय पनि गरेको छ । ‘स्थानीय तह निर्वाचनको तालमेलका लागि सहजीकरण र निर्णय लिनका लागि केन्द्रीय स्तरमै प्रभावकारी संयन्त्र बनाउने निर्णय गरेको छ’, बैठकमा उपस्थित एक नेताले भने । बैठकले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनवाहेक अन्य दलसँग तालमेल नगर्ने सहमति पनि गरेको छ । बैठकले आगामी निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीले आवश्यक्ता अनुशार तालमेल गरेर अगाडि बढने विषयमा सैद्दान्तिक सहमति गरेका हुन् । यसअघि सत्तारुढ गठबन्धन दलले आआफ्नो दलको बैठक राखेर चुनावी तालमेलकाो पक्षमा निर्णय गरेका थिए । केन्द्रीय स्तरमा बन्ने संयन्त्रमा रहने पदाधिकारीहरुको विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन । सम्वन्धित दलहरुले नाम दिएपछि मात्र यस विषयमा टुंगो लाग्ने बताइएको छ ।

उक्त संयन्त्रले नै महानगरपालिकाको उम्मेदवारको विषयमा पनि टुंगो लगाउने छ । संयन्त्रले कुन महानगरपालिका कुन दललाई दिने भन्ने विषयमा पनि आपसी छलफल गरेर टुंगो लगाउने छ । तर, जुन महानगरपालिका जसको भागमा परे पनि सबैले आफ्नै दलको उम्मेदबारसरह सहयोग गर्नुपर्नेछ । कुन दलले कुन महानगरपालिकामा उम्मेदबार उठाउने भन्ने विषयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश फर्किएपछि बैठक बसेर निर्णय लिइनेछ । अध्यक्ष नेपाल हाल एक कार्यक्रमको सिलशिलामा टर्कीमा छन् ।

केन्द्रीय स्तरमा बन्ने संयन्त्रमा रहने पदाधिकारीहरुको विषयमा भने बैठकले कुनै निर्णय गरेको छैन । सम्वन्धित दलहरुले नाम दिएपछि मात्र यस विषयमा टुंगो लाग्ने बताइएको छ । बैठकले चुनावी तालमेलका लागि केन्द्रमा मात्र नभई स्थानीय तहसम्मै संयन्त्र बनाउने निर्णय पनि गरेको छ ।

बैठकले चुनावी तालमेलका लागि केन्द्रमा मात्र नभई स्थानीय तहसम्मै संयन्त्र बनाउने निर्णय पनि गरेको छ । बैठकमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रदेश, जिल्ला र पालिका स्तरमा पाँचवटै दलका नेताहरू सम्मिलित संयन्त्र बनाउने निर्णय गठबन्धनले गरेको छ । ‘प्रदेश, जिल्ला र पालिकास्तरमा पाँचवटै दलका सम्बन्धित तहको नेतृत्व सम्मिलित संयन्त्र बनाउने निर्णय भएको छ । त्यो संयन्त्रले चैत २२ गतेभित्र सम्बन्धित पालिका, जिल्ला र प्रदेशमा पाँच दलीय गठबन्धनको अवस्थाबारे प्रतिवेदन केन्द्रमा पठाउनेछ’, बैठकपछि मन्त्री कार्कीले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा भने । निर्वाचनमा सहकार्यको विषयलाई लिएर सत्तारुढ गठबन्धन दलहरुबीच पहिलो पटक बैठक बसेको हो । सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसको गत मंगलबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले आगामी स्थानीय तह निर्वाचनमा आवश्यक्ता अनुशार गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको थियो ।

यस्तो निर्णय गरे पनि निर्वाचनमा गठबन्धनको विषयलाई लिएर कांग्रेसभित्र चर्को मतभेद देखिएको छ । कांग्रेसको बैठकमा पनि यो विषयलाई लिएर चर्काचर्की परेको थियो । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुबीच चुनावी तालमेल हुनुपर्नेमा स्पष्ट देखिएका छन् ।
सभापति देउवालाई महामन्त्री विश्वप्रकाश शर्मा, बरिष्ठ नेता रामचन्द्र पौडेललगायत अधिकांश केन्द्रीय सदस्यले समर्थन गरेका छन् । तर, गत महाधिवेशनमा सभापति पदमा देउवासँग पराजित डा. शेखर कोइराला र महामन्त्री गगन थापा भने गठबन्धनको विरोधमा उभिएका छन् । यसैगरी चितवनलगायत केही स्थानका नेता÷कार्यकर्ता पनि गठबन्धनको विरोधमा देखिएका छन् ।

कांग्रेसको बैठकले आगामी निर्वाचनमा आवश्यक्ता अनुशार गठबन्धन गर्ने निर्णय लिएपछि सत्तारुढ गठबन्धनमा आबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरु भने झस्किएका थिए । उनीहरुकै दवावमा बिहीबारको बैठक बसेको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष नेपालले चुनावी तालमेलको विषय तत्काल टुंग्याउनुपर्ने अडान राखेका छन् । बिहीबारको बैठकमा पनि कांग्रेस सभापति देउवा आफैले सुरुमै मिलेर चुनावमा जाने प्रस्ताव राखेका थिए । त्यसपछि सत्तारुढ गठबन्धन दलका अन्य नेताले पनि त्यसमा सहमत जनाएका थिए ।

बैठकमा गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवालाई आसन्न भारत भ्रमणको शुभकामना दिँदै द्विपक्षीय मुद्दाको सम्बोधनका लागि कूटनीतिक पहल गर्नसमेत आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्र्दैछन् । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र जनमोर्चाका शीर्ष नेताहरू सहभागी थिए । सत्ता साझेदार दलका शीर्ष नेताबीच अर्काे बैठक चैत २१ गते बस्ने सहमति भएको छ ।

प्रतिक्रिया