चिरपट र ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा तामाङ पक्राउ

सिन्धुपाल्चोक । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउले बस्ने ४४ वर्षीय दाउरे भन्ने मेख बहादुर तामाङ रहेका छन् । उनलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

चिरपट र ढुङ्गा प्रहार गरी ४४ वर्षीया श्रीमती सुकुमाया तामाङको उनले हत्या गरेको प्रहरीले जनाएको छ । घरायसी विवादको क्रममा तामाङले श्रीमतीलाई चिरपट र ढुङ्गा प्रहार गर्दा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते सुकुमायाको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । उक्त घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया