मुगु । नेपाली कांग्रेसका पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सोमवार मुगुको सदरमुकाम गमगढीमा नव निर्मित सालिक र भवनको भर्चुअल माध्यमबाट अनावरण र उद्घाटन गरेका छन् । छायाँनाथ रारा नगरपालिको आर्थिक तथा प्राविधिक सहयोगमा सदरमुकाम स्थित अदालत चोकमा निर्मित स्वर्गीय बखतबहादुर शाहीको अर्धकद सालिकको अनावरण र वीपी स्मृती भवनको प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरेका हुन् ।
भर्चुअल माध्यमबाट सञ्चालित अनावरण तथा उद्घाटन कार्यक्रमलाई सम्वोधन गदै प्रधानमन्त्रीले देउवाले मुगुको पहिलो जिल्ला विकास समिती सभापती तथा मुगु पार्टी सभापती स्वर्गीय बखतबहादुर शाहीलाई सम्मान गदै सालिक बनाएकोले आफु सहित सिंगो कांग्रेस खुशी भएको र शहिद प्रति सच्चा सम्मान भएको बताए । स्थानीय सरकार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीको नेतृत्वमा रहेको नगर कार्यपालिकाले दुर दराजबाट प्रजातन्त्रका लागी लडेको उनले बताए ।
नगरपालिका कै सहयोगमा नव निर्मित २ तले वीपी स्मृती भवनबाट वीपीले देखेको समाजबाटको सपना मुगु कांगे्रसले सफल बनाउने कार्य गर्ने समेत आफुले विश्वास लिएको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।
सालिक अनावरण गरिएका स्वर्गीय बखतबहादुर शाहीलाई २०५८ साल माघ ३ गते राती घरमा खाना खाईरहेका बेला तत्कालिन विद्रोही पक्ष नेकपा माओवादीका कार्यकताहरुले गोली हानी हत्या गरेका थिए । अहिलेका उपलब्धी शहिद र जननिर्वाचित वीपी कोईरालाले खेलेको भुमिका तथा आन्दोलनबाट प्राप्त भएकाले साहि उपलब्धीबाट आफुहरुले शासन सत्ता चलाउन पाएकोले विपी स्मृती भवन र शहिद बखत बहादुर शाही सालिक बनाएको नगरप्रमुख हरिजंग शाहीले बताए ।
नगरपालिकाले गरेका कार्यको प्रशंसा गदै पूर्व शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल र नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले लोकतन्त्रका लागि शहिद बखतबहादुर शाही र जननायक वीपि कोईरालाले खेलेको भुमिका बारे चर्चा गरे ।। अनावरित सालिक ६ लाख ५० हजार र विपि स्मृती भवन श्रमदान सहित करिव १ करोड लागतमा निमार्ण सम्पन्न भएको छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ललितजंग मल्लले जानकारी गराए ।
प्रतिक्रिया