भाई बुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

बझाङ । बझाङमा भाई बुहारीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठाजुलाई पक्राउ गरेको छ । २२ वर्षीया भाई बुहारीलार्ई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुलाई प्रहरीले पक्राउ गरेर आइतबार मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जेठाजु र बुहारी दुबै जनाको नाम गोपनियताका कारण प्रहरीले गोप्य राखेको छ । चैत्र १२ गते बेलुकी बुहारीको कोठाभित्र प्रवेश गरी जबरजस्ती बलात्कार गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि जेठाजुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ज्ञान वहादुर विष्टले जानकारी दिए ।

विष्टले उजुरीपश्चात् जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले केदारस्यु गाँउपालिकाको देउरा बजारबाट पक्राउ गरिएको बताए । प्रहरी प्रमुख विष्टले पिडित जेठानीलाई महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाई आरोपीविरुद्ध मुद्दा चलाएको बताए ।

भाई बुहारी बलात्कारको आरोप लागेका जेठाजुलाई जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाई जिल्ला अदालत बझाङले सोमबार ३ दिनको म्याद थप गरेको र थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया