व्यवसायीलाई एमसीसी आयोजनाका ठेक्का लिन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधारविना देशको विकास असम्भव रहेको बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औँ साधारणसभालाई सम्बोधन गर्दै उनले देश विकासका लागि भौतिक पूर्वाधार निर्माणमा निर्णाण व्यवसायीको भूमिका रहन सक्ने बताएका हुन् ।

निर्माण व्यवासीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐनहरु संशोधन गरिएको जानकारी दिए । एमसीसीबाट आउने अनुदान रकम पनि नेपालको पूर्वाधार क्षेत्रमा खर्च गरिने जानकारी दिँदै प्रधानमन्त्री देउवाले यसमा टेन्डर हालेर पार्न आग्रह गरे ।

‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ, तपाइँहरु हाल्नुहोस् र पार्नुस्,’ व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने, ‘अरु देशका पनि आउँछन्, चीनका पनि आउन सक्छन्, तर, तपाइँहरु टेन्डर हाल्नुहोस् र पानुहोस् ।’

प्रतिक्रिया