नेपाल टेलिकम र साइबरनेटिक्स बीच सम्झौता

काठमाडौ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोर जी एलटिई नमस्ते वाईफाई विस्तार गर्ने सम्बन्धमा साइबरनेटिक्स प्रालि संग सम्झौता गरेको छ । फोर जी एलटिई नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेज आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस् भनी सम्झौता गरेको टेलिकमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्सका सीईओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका हुन । फोर जी एलटिइ नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले ब्यक्तिगत प्योकज र सरकारी संस्थागत प्याकेज गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । ब्यक्तिगत प्योकज अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक ८ सय रुपैयामा ६० जिवि ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी १ वर्षका लागि ९ हजार रुपैयामा ७ सय २० जिवी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जिविका दरले १२ महिनासम्म प्रयोग गर्न सकिने टेलिकमले बताएको छ ।

यी दुवैमा एड अन प्याकको रुपमा ४ सय रुपैयमा १५ दिनका लागि ६० जिवि प्याक लिन सकिन्छ । होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत १ हजार २ सय रुपैयामा १ सय २० जिवि प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि १३ हजार ५ सय रुपैयमा १ हजार ४ सय ४० जिवि प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १ सय २० जिकिा दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ६ सय रुपैयामा १५ दिनका लागि १ सय २० जिवि प्याक लिन सकिने पनि उल्लेख छ ।

प्रतिक्रिया