टिकटक भिडियो बनाएर कार जित्ने अवसर

काठमाडौं । लोकप्रिय भिडियो प्लेटफर्म टिकटकलाई लिएर रियालिटी शो आयोजना हुने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ‘शिखर टिकटक स्टार नेपाल रियालिटी शो २०७८’को घोषणा गरिएको हो । शिखर नेपाल प्रालिले आयोजना गरेको प्रतियोगिताका टिकटकको माध्यमबाट हुने अभिनय, नृत्य, गायनलगायतका प्रस्तुतीहरुलाई समेटिएको छ । यस्ता प्रस्तुतीमार्फत सहभागिले कार्यक्रममा भाग लिन पाउन आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रमको निर्णायकको रुपमा भने अभिनेत्री गौरी मल्ल, वर्षा सिवाकोटी र रमेश उप्रेती रहेका छन् । नेपालीको जनजीवनकै एक भाग भइसकेको टिकटकको सही र राम्रो कामका लागि प्रयोग हुन्छ भन्ने विश्वास भएको निर्णायकहरुले कार्यक्रममा बताएका थिए । निर्णायकमध्येकी एक वर्षा सिवाकोटीले भनिन्, ‘अहिले त टिकटक जीवनशैली बन्यो, यस्तो हुन्छ भन्ने थाहा थिएन् ।’

प्रतिस्पर्धामा भाग लिनेहरुमध्येबाट प्रथम हुनेलाई कार, दोस्रो हुनेलाई मोटरसाइकल र तेस्रो हुनेलाई स्कुटर उपहार मिल्ने बताइएको छ । त्यस्तै, उत्कृष्ट १० प्रतियोगिहरुलाई कम्युटर, क्यामेरा, टेलिभिजनलगायतका विभिन्न उपहार प्रदान गरिने कार्यक्रमका निर्देशक हरि शर्माले बताएका छन् ।

प्रतिक्रिया