वेलकमइभेन्ट म्यानेजमेन्टको दुईदिने विवाह उत्सव प्रदर्शनी

काठमाडौं । वेलकमइभेन्ट म्यानेजमेन्टले शुभकार्यकालागि आवश्यक पर्ने सामाग्रीहरुको दुईदिने प्रदर्शन गरेको छ । वेलकम ग्रुपको मूख्य कार्यालय पुरानो वानेश्वरमा सुरु भएको दुईदिने महोत्सवमा न्वारान, पास्नी, ब्रतबन्ध, शुभविवाह आदिकार्यमा आवश्यक पर्ने सामाग्रीहरु प्रदर्शनमा राखिएको छ । प्रदर्शनमा न्वारानका लागि आवश्यक पर्ने चाँदिथाल, कचौरा, पास्नीमा आवश्यक पर्ने चौरासी व्यञ्जनकालागि आवश्यक पर्ने चाँदीको भाँडा, छाता झल्लर व्रतबन्धको लागिआवश्यक पर्ने डालो, धनुषबाण, डोलीलगायतका सामाग्रहरु राखिएका छन् ।

यसैगरी विवाहकालागि मण्डप, पार्टीस्थल सजावट देखि फोटो तथा भिडियोको लागि नेपाली परम्परा शैलीको जग्गे साहिपाटाको लागिआवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु, बेहुलातथा बेहुलीको श्रृङगार, क्याटरिङ, बिभिन्न बाजालगायतका सामाग्रीहरु प्रदर्शनमा राखिएका छन् । वेलकमइभेन्ट म्यानेजमेन्मटका प्रबन्ध निर्देशक नीता पौडेलले भनिन, ‘नेपालीहरुको प्रमुख चाडपर्वको सिजन र विवाह, ब्रतबन्धको शुभलगन सुरु हुने समयमा उपभोक्तालाई एकै ठाउँबाट स्तरीय सेवाउपलब्ध गराउन प्रदर्शनको आयोजना गरेका हौँ ।’

प्रदर्शनीमा उपस्थित भएका व्यक्तिहरुबाट प्राप्त हौसला र उत्साहले हामीलाई ठूलो प्रेरणा मिलेको उनले बताइन । बेलकम ईभेन्ट म्यानेजमेन्टले नेपालमा पहिलो पटक व्यवसायीक रुपमा यस्तो कार्यका लागि एकैठाउँबाट सेवा उपलब्ध गराउँदै आएको छ । दुईदिने प्रदर्शनीको रोटरिएनन विनिता रिजालले पञ्चेबाजाको मंगलधुन सहित रिबन काटेर सुभारम्भ गरिन । प्रर्दशनी शनिबार सम्म जारी रहने छ ।

प्रतिक्रिया