बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेद्वारा दाबी पेश

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्री पदका प्रत्यासी राजेन्द्रप्रसाद पाण्डेले ५९ जना प्रदेशसभाका सदस्यको हस्ताक्षरसहित दाबी पत्र आजै साँझ बुझाएका छन् ।

उनको समर्थनमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटा राजनीति दलले सर्मथनसहित हस्ताक्षर गरी दाबी पत्र बुझाइएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६९ को उपचार एकको खण्ड ‘क’ बमोजिम नयाँ सरकार गठन गर्न कात्तिक ११ गते अपराह्न ३ बजेसम्म समयसीमा निर्धारण गरेअनुसार मुख्यमन्त्री पदको लागि प्रत्यासी पाण्डेले आजै दाबी पत्र दर्ता गराएका थिए ।

यसअघि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले दिएको राजीनामा आजै स्वीकृत भएपश्चात् प्रदेश प्रमुख शर्माले नयाँ सरकारको दाबी गर्न आह्वान गरेका थिए ।

प्रतिक्रिया