रुपन्देही । लुम्बिनी प्रदेश सभाका सभामुख एवं जनवादी गीतकार तथा संगीतकार पूर्णबहादुर घर्तीमगर पुरस्कृत हुन भएका छन् । उनी ‘उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार’ बाट सम्मानित हुन् लागेका हुन् । उत्सर्ग चलचित्रस् नेपालले जनवादी गीतसंगीतको माध्यमबाट नेपाली समाजको सांस्कृतिक एवं राजनीतिक रुपान्तरणमा पु¥याएको भन्दै घर्तीलाई पुरस्कार प्रदान गर्न जनाएको छ । उत्सर्ग चलचित्रस् नेपालका अध्यक्ष केएल पीडितले घर्तीमगरले जनवादी सांस्कृतिक क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै पुरस्कारबाट सम्मानित गर्न लागेको जानकारी दिए ।
आगामी ११ मंसिरमा दाङमा पहिलोपटक आयोजना गर्न लागिएको ‘उत्सर्ग संगीत अवार्ड २०७८’ मा उनलाई ताम्रपत्रसहित २५ हजार राशीको उत्सर्ग जनसंगीत राष्ट्रिय पुरस्कार प्रदान गरिने अध्यक्ष पीडितले बताए । शिक्षण पेशाबाट अवकाश लिई राजनीतिमा पूर्णकालीन भएका सभामुख घर्तीले जनयुद्ध भावधाराका सयौं गीत तथा कविता रचना गरेका छन् । उनले दर्जनौं गीतमा संगीत संयोजनसमेत गरेका छन् ।
उनले बेलाबेलामा विभिन्न सांस्कृतिक समूहको नेतृत्व गरिसकेका छन् । २०६५ मंसिर २३ देखि २०६६ असारसम्म नेपाल टेलिभिजनको बोर्ड अध्यक्ष रहिसकेका घर्ती २०७४ मंसिर २२ गतेको प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनको उम्मेदवारको रुपमा रुकुम पूर्व क्षेत्र नं. १(२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भए । २०७४ फागुन २ गते उनी लुम्बिनी प्रदेश सभाको सभामुखमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया