काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर गरी एक हजार ४३ जना कोरोना संक्रमित थपिएका छन् ।
११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमक्त हुनेको संख्या ८९१ रहेको छ भने १२ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् ।
जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।
प्रतिक्रिया