रौतहट । जिल्लाको चन्द्रपुर–३ गैडाटारस्थित कालापानी सामुदायिक वन जंगलको झाडीभित्र गत २६ भदौमा रोहिणीप्रसाद घोरासैनीको हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । फरार रहेका सहदेव भनिने डोलप्रसाद बोलखेलाई काठमाडाैं प्रहरीको सहयोगमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी लिलाराज लामिछानेले जानकारी दिए । उनलाई १७ असोजमा काठमाडांैबाट पक्राउ गरी जिल्ला अदालत रौतहटबाट म्याद लिएर न्यायिक हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी लामिछानेले जानकारी दिए ।
व्यक्तिगत रिसइबीका कारण पैसा तिरेर हत्या गरिएको यो घट्नामा संलग्न गैडाटारकै ४५ वर्षीये प्रल्हाद फुंयाल, पीपलमाडी–९, सिन्धुली घर भई हाल पर्साको पर्सागढी–३ सिर्जना टोल बस्ने २४ वर्षीय रमेश पहरी र नवलपरासी (पुर्वी) कावासोती–८ बस्ने २३ वर्षीय सूर्यबहादुर भण्डारीलाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।
राैतहट
प्रतिक्रिया