पर्सा । आईटी आर्मीको धोबिनी गाउँपालिका स्तरिय प्रथम भेला सम्पन्न भएको छ । धोबिनी गाउँपालिकाको वडा नं २ भिखमपुरमा सम्पन्न भेलालाई आईटि आर्मीका रामाधार पटेल, कालिकामाई गाउँपालिकाका जनप्रतिनीधि पवन तिवारी लगायतले सम्बोधन गरेका थिए । सो अवसरमा पवन तिवारीले भ्रष्टाचार धेरै बढेको र पर्साबाट भ्रस्टाचारलाई आईटी आर्मीले सफाया गर्ने बताए । ‘भ्रस्टाचार २१औं शताब्दीमा मानव समाजमाथिको सबैभन्दा ठुलो कलंकको धब्बा हो ।’ उनले भने, ‘यसलाई रोक्न तपाई हामी युवा वर्ग अग्रसर हुनैपर्छ, जसका लागि देशबाट भ्रष्टाचार र भ्रष्टाचारीहरुलाई जडबाटै सफाई गर्न जरूरी छ ।’
आईटी आर्मी पर्साका अध्यक्ष सन्तोष पटेलले आईटी आर्मीले अब पर्साबाट भ्रस्टाचारको सफाया गर्ने दाबी गरे । अध्यक्ष पटेलले, ‘भने अब प्रत्येक गाउँपालिका हरुमा युवाहरु को सहकार्य र सहयोगमा आईटी आर्मीको गठन गरि गाउँपालिका लगायत ठाउँमा भईरहेको भ्रष्टाचार शुन्य पार्ने छौं ।’ कार्यक्रममा नेकपाका युवा नेता अभिताबचन दास, पूर्व गाबिस अधयक्ष अमिका पटेल, उमेश कुशवाहा, सुनिल कुमार रौनिया, मखन पटेल, प्रदिप पटेल, ददन साह, कनाई राम, अमित पटेल लगाएतको सहभागिता रहेको थियो ।
पर्सा
प्रतिक्रिया