थपिए एक हजार ९५ संक्रमित, आठ संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा आज एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १३ हजार ८१७ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा संक्रमणको दर १९.२ प्रतिशत छ । यस्तै सक्रिय संक्रमित २२ हजार ३२३ जना छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १० र २०० भन्दा बढी संक्रमित हुने जिल्ला १९ पुगेका छन् । आज दुई हजार ९५७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ५२ हजार १७० संक्रमणमुक्त भई घर फर्किएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९५.८ प्रतिशत छ ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ४८ जनाको मत्यु भएको छ । नेपालमा प्रति १० लाखमा ३७२.४ जनाको संक्रमितको मत्यु भएको छ ।

यस्तै मन्त्रालयका अनुसार ३७१ जना सघन उपचार कक्ष (आइसियु), १०८ जना भेन्टिलेटर, २० हजार ८९१ जना होम आइसोलेशन, एक हजार ४३२ जना संस्थागत आइसोलेशन र २६४ जना क्वारेन्टिनमा छन् ।

आज २२ हजार १९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ६२ लाख १५ हजार ८५६ जनाले पहिलो मात्रा र ५५ लाख ८८ हजार ५१७ ले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया