बर्दिया । प्रहरी चौकी खैरापुर ‘क’ बर्दियाबाट खटिएको प्रहरी टोलिले वेवारिसे अवस्थामा छोडिएका काठ र साईकल बरामद गरेको छ । गस्ती गर्ने क्रममा जिल्ला गुलरिया नगरपालिका १ जानकीनगरबाट वेवारिसे अवस्थामा राखेका करिब ९९ हजार २४० रुपैयाँ बराबरको २४.८१ क्यूफिट सालको काठ बामद गरिएको हो । त्यस्तै, ४ थान साईकल फेला पारी आबश्यक कारबाहीको लागी डिभिजन वन कार्यालय गुलरिया बर्दियामा पठाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया