कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका–८ दशाला लुवारवाडा टोलका २४ घर पहिरोको उच्च जोखिममा परेका छन् । नगरपालिका– ८ नम्वर वडाले लुवार गाउँको फेदीमा स्काभेटर मार्फत वातावरणिय र जोखिमको नक्साङनै नगरी धमाधम सडक खनेपछी लुवार गाउँका २४ घर पहिरोको उच्च जोखिममा परेका हुन् ।
विगत देखिनै वर्खाको समयमा पहिरोको पीडा खेपिरहेका लुवारबाडाका स्थानिय गत माघ महिनामा वडा सरकारले त्यही जोखिम गाउँको मुनिबाट सडक खनेपछि २४ घरको जमिन भासिएर घर फाट्नुका साथै वस्तीनै बगिरहेको छ । अहिले पनि पहिरो बगिरहेका कारण २४ घरका परिवारहरु राति घरमा सुत्न डराएर लेखतिर गाइ गोठमा जाने गरेको स्थानीय जगे नेपालीको गुनासो छ ।
उनले वडाले राति डोजर लागाएर बाटो खेनेपछि वस्ती जोखिमा परेको थियो । तीन पटक प्रहरी मुचुल्का गररे लिए पनि हालसम्म कुनै निकायबाट सुनुवाई नभएको समेत बताए । यस्तै सोही ठाउँकी पहिरो पीडित अधिकारी विकले आफूहरु वस्ने घरहरु पहिरोले बगाईरहेको र जनप्रतिनिधि मुकदर्शक भएको बताइन् ।
आफूहरुले नै भोट दिएर जिताएका जनप्रतिनिधि मुकदर्शक बन्दा थप चिन्ताले सताएको उनको भनाइ छ । चुनावमा भोट माग्ने अघिछि तर जनतालाई समस्या परेको वेला सहयोग नगरेपछि सरकार केको लागि लागि भन्दै गुनासो गरिन् । उनले भनिन्, ‘यो ठाउँ छोडेर जाउँ भने, अन्त कतै बस्ने जग्जा जमिन छैन, नछोडौँ भने पहिरोले घर चिरा परेको छ, वस्ती बगिरहेको छ, कुन दिन यही पहिरोमा परेर मरिने डर छ ।’
उनले आफूलाई सुरक्षित ठाउँमा बसाल्न सरकारलाई आग्रह गरिन् । ‘भोट दिएर जिताए पनि हाम्रा पीडा कसैले वुझेनन्, आकाशमा बादल लागेपछि आफ्नो मुटुले ठाउँ छोड्छ’, उनले थपिन् । बगातल्लो भागमा सडक खनेको हुनाले प्रत्येक घरहरु १० इन्च फाट्नुका साथै वस्तीनै बगिरहेको देखिन्छ ।
यदि समयमा नै वस्ती स्थानान्त्रण नगरे ठूलो धनजनको क्षति हुने भएकाले सरोकारवालाको ध्यान केन्द्रीत हुनु पर्ने स्थानीयवासी एवं नेकपा एमाले जिल्ला सचिव तुलाराज मल्लले बताए । साथै उनले जनप्रतिनिधिमुलक संस्थाका जिम्मेवार व्यक्ति नागरिकका समस्याप्रति गैर जिम्मेवार रहेकाले जनतालाई यस्तो संकट आइपरेको बताए ।
यसका बारेमा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डेले पत्रकारहरु गएर स्थलगत रिपोर्ट ल्याउन र प्रहरीको मुचुल्का गरि आएमा नगरपालिकाले जोखिममा रहेका नागरिकको उद्धारका लागि जस्तोसुकै जोखिम मोलेर भए पनि पहल गर्ने बताए ।
कालिकाेट
प्रतिक्रिया