पत्रकारमाथि भएको हातपातको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौं । पत्रकारमाथि भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाचार संकलनको क्रममा पत्रकार महासंघ कास्की शाखाका सदस्यद्वय रञ्जन अधिकारीमाथि भएको हातपात र प्रल्हादचन्द्र घिमिरेमाथि भएको दुव्र्यवहारको घटनाप्रति महासंघका महासचिव रोसन पुरीले आज एक विज्ञप्ति जारी गरी गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

यही भदौ २७ गते आइतबारका दिन ठगी आरोपमा पक्राउ परेका व्यक्तिको विषयमा समाचार संकलनको लागि जिल्ला प्रहरी कार्यालय कास्की पुगेका पत्रकारले फोटो खिचेको निहुँमा ठगी काण्डका पीडित युवराज लामा र नवराज शर्मालगायतले आक्रोस पोख्दै पत्रकारमाथि हातपात र दुव्र्यवहार गरेका थिए । सोही घटनालाई लिएर महासचिव पुरीले महासंघको गम्भीर ध्यानाकर्षण भएको बताए ।

‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाह गरिरहेका पत्रकारमाथि हातपात र दुव्र्यवहार हुनु प्रेस स्वतन्त्रताविरोधी काम हो, महासंघ यो घटनाको कडा शब्दमा भत्र्सना गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षित रूपमा पत्रकारिता गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया