काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर एक हजार ५६२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने एक हजार ५८९ जना निको भएको स्वास्थ्य तथा मन्त्रालयले उल्लेख गरेको छ ।
आज थपिएसँगै नेपालमा कुलकोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ भने ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५३ जना आईसीयू र १३७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रतिक्रिया