जाजरकोटमा जीप दुर्घटना, दुई जनाको मृत्यु

जाजरकोट । जाजरकोटको गेडेनीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

नलगाड नगरपालिका–५ खाराबाट कालिमाटीतर्फ आउँदै गरेको भे १ ज ९८७ नम्बरको जीप दुर्घटना हुँदा बारेकोट–२ की २९ वर्षीया शान्ति रोकाय र नाम नखुलेका एक पुरुषको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

उनका अनुसार दुवै जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया