अब सार्वजनिक बिदाको दिन पनि नर्भिक अस्पतालको ओपीडी सेवा खुल्ने

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिबार र सार्वजनिक बिदाका दिनहरूमासमेत ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । तीजको बिदाको दिन पनि नर्भिकले ओपिडी सेवा सञ्चालन गरेको थियो ।

अब भने यो क्रमलाई निरन्तरता दिँदै शनिबार र अन्य सार्वजनिक बिदाका दिनहरूमा समेतओपिडी सेवा सञ्चालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए ।

प्रतिक्रिया