लमजुङ । आर्थिक वर्ष २०७३–७४ देखि २०७७–०७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।
कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए । गतएक वर्षका अवधिमा २० बालबालिका हराएका थिए ।
तीमध्ये तीन बालक, १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् । सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
प्रतिक्रिया