काठमाडौं । पछिल्लो २४ घण्टामा आज एक हजार ४८६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । १२ हजार ५३२ पीसीआर परीक्षणमा ११४९ जना र ४००७ एन्टिजेन परीक्षणमा ३७ जना गरी एक हजार ४८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या एकहजार २६० रहेको छ भने संक्रमणका कारण १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६३० रहेको छ भने २४ हजार ९५८ जना होम आइसोलेसनमा र १६७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
प्रतिक्रिया