नवीनराजको निर्देशनमा ‘आफ्नोपन’

काठमाडौं । गायक रगुन रगुङ र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘आफ्नोपन’ सार्वजनिक भएको छ । विपिन किरणको शब्द रहेको गीत नारायण सुवेदीको कम्पोज र फणिन्द्र राईको एरेन्जमा तयार भएको हो । नवीनराज शिवभक्तिले निर्देशन गरेको गीतको भिडियोमा रोशन कार्कीको सिनेम्याटोग्राफी र प्रेम बलामपाकीको सम्पादन रहेको छ । सार्वजनिक गीतको भिडियोमा निर्देशक नवीनराज र सविता अधिकारीको मुख्य भूमिका छ । गीतको रेकर्डिङमा राजेश र साजनको भूमिका छ भने मिक्सिङमा किशोर थापाले काम गरेका छन् ।

प्रतिक्रिया