आर्थिक अभावले मृगौला पीडित भण्डारीको विचल्ली

मुगु । मृगौलाको उपचार गर्न काठमाडौंको बिर अस्पताल पुगेका छाँयानाथ रारा नगरपालिका—४ का एक दम्पति आर्थिक अभावले अस्पतालको पेटिमा रात कटाउने गरेका छन् । छाँयानाथ रारा नगरपालिका—४ की ४४ वर्षीया मैनमति भण्डारी लामो समयदेखि बिरामी भएकी छन् ।

उनलाई उनका पति बाँचबहादुर भण्डारीले बेला–बेला जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा उपचार गर्न लगेका थिए । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मृगौलामा समस्या भएको भनि काठमाडांै रिफर गरेको थियो । दुई पटक उपचारका लागि काठमाडौं पुगेका भण्डारी परिवार आर्थिक अभावले पत्निको उपचार गर्ने आसमा बिर अस्पतालको पेटिमा रात कटाउने गरेका हुन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मृगौलामा समस्या भएको भनि काठमाडौं रिफर गरेपछि पत्निको उपचार गर्न भण्डारीेले गाँउको महिला समूहबाट १ लाख रुपैयाँ ऋण निकालेर गत मंसिरमा काठमाडौंको बिर अस्पतालमा चेक गराएका थिए । उक्त अस्पतालमा डाक्टरले मैनमतिको मृगौलाको अप्रशेन गर्नुपर्ने भनेपछि ऋण निकालेका एक लाख रुपैयाँ मंसिरमै सकिएको थियो ।

पुन डाक्टरले द्रोस्रो पटक चेक जाँच गर्न आउन भनेपछी फागुनमा बिर अस्पताल पुगेका मैनमतिको एक मृगौलाले काम गर्न छाडेको र अर्कोले आधा मात्र काम गर्ने र त्यसको पनि अप्रशेन गर्नुपर्ने भनेपछि अािर्थक अभावका कारण होटलमा बस्ने खर्च नभई बिर अस्पतालको पेटीमा रात कटाउन बाध्य भएको मोबाईलबाट रुँदै मैनामतिका पति बाँचबहादुरले सौर्यदैनिकसँग दुखेसो पोखे ।

घरमा तीन जना साना छोराछोरीसहित बुढी आमा छन् । कमाई गर्ने एक मात्र आफू भएकाले घरबाट पैसा जम्मा पारेर पठाउने कोही छैन । बेच्ने जग्गा जमिनसमेत छैन । अर्काको ज्याला मजुदरी गरेर घर परिवालाई एक सरो लुगाफाटो र बिहान बेलुका छाक टार्नसमेत आफूलाई अहिलेसम्म धौधौ पर्ने गरेको छ । पत्निलाई काठमाडौं उपचार गर्न भनेर ल्याएको दुई पटक भईसक्यो काठमाडौं चिनेको कोही छैन ।

होटलमा बस्ने खर्चसमेत नहुँदा बिरामिलाई पेटीमा सुताएर रात कटाउने गरेको एक महिना भईसकेको भण्डारीले बताए । अस्पतालले पुनः अप्रशेन गर्नका लागि अस्पताले पैसा जम्मा गर्न सल्लाह दिएका छन् । अस्पातलले अप्रेशन गर्न लाग्ने खर्च आधा लिने भनेको छ । तर, अप्रेशन गर्दा लाग्ने औषधि किन्ने समेत पैसा छैन गाँउघरममा सबैलाई गुहारीसकेका रहेछन् ।

उता गाँउको महिला समूहबाट लिएको एक लाख ऋणको किस्ता महिना महिनामा तिर्नुपर्ने शर्तमा कागज गरेका छन् । उनले उक्त किस्ता कसरी तिर्ने भनेर चिन्ता लिएका छन् । सोमबार उनकी पत्निको अप्रशेन गर्ने भनिएको छ । औषधि किन्ने पैसासमेत रहेनछ । बेला–बेला भेट्न आउँदा जहिले पनि दुवै जना अस्पतालको पेटिमा बसेका हुन्छन् ।

सोमबार अप्रेशन गर्ने भनिएको रहेछ अहिले सम्म उनले औषधी किन्ने पैसो जम्मा गर्न सकेका छैनन् । उनलाई भेट्न पुगेकी भण्डारीको गाँउकी काठमाडौमा अध्यन गर्ने पद्मा देबी भामले बताईन् । औषधि किन्नसमेत पैसा नहुदा सोमबार पत्निको अप्रेशन नहुने होकी भनेर रुँदै आफ्नो पत्निको ज्यान बचाईदिनका लागि सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया