५ सय ६ जनाले लिए पुनः श्रम स्वीकृति

धनगढी । श्रम तथा रोजगार कार्यालय कैलालीबाट चालु आवको फागुन मसान्तसम्म ५ सय ६ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । एकपटक श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका र पछि श्रम स्वीकृतिको म्याद समाप्त भएका सो संख्याका व्यक्तिहरूले चालु आवको फागुन मसान्तसम्ममा पुनः श्रम स्वीकृति लिएका हुन् ।

फागुन मसान्तसम्ममा पुनः श्रम स्वीकृति लिनेमा युएईका लागि २ सय ४९ पुरुष, ५ महिला र मलेसियाका लागि १५ जना पुरुष रहेकोे श्रम तथा रोजगार कार्यालय कैलालीका सूचना अधिकारी जयदेव बिष्टले जानकारी दिए ।

त्यसैगरी उनले साउदीका लागि ९३ पुरुष र १ महिला, कुबेतका लागि १३ पुरुष, कतारका लागि १ सय १० पुरुष, ओमानका लागि सात पुरुष र दुई महिला, बहराइनका लागि चार पुरुष र एक महिला, पोल्यान्डका लागि तीन पुरुष, जापानका लागि एक पुरुष र माल्दिभ्सका लागि दुई जना पुरुषले समेत पुनः श्रम स्वीकृति लिइसकेको बताए ।

चालु आवको साउनमा ५९, भदौमा १६, असोजमा ४४, कात्तिकमा ६०, मंसिरमा ९८, पुसमा ९६, माघमा ८४ र फागुन महिनामा ४९ जनाले श्रम स्वीकृति लिएको उनको भनाइ छ । कार्यालयले ०७५ माघ ११ बाट पुनः श्रम स्वीकृति दिने कामको थालनी गरेपछि आव ०७५÷७६ मा मात्र १ हजार ५ सय १५ पुरुष, १४ महिला र आव ०७६÷७७ मा २ हजार ३ सय २१ पुरुष, ४० महिलाले श्रम स्वीकृति लिएको उनले बताए ।

प्रतिक्रिया