दैलेख । जिल्लाको दुल्लू नगरपालिकाले दुल्लु नगरपालिकाका नागरिकलाई कृषिमा आत्मनिर्भर बनाउँदै गएको छ । दुल्लू नगरपालिकाका कृषिसम्बन्धी कृषकहरूलाई बेला–बेलामा भिभिन्न तालिमहरू दिँदै आएको नगरपालिकाले शुक्रबार दुल्लू नगरपालिका–२ को नरेश्वर आधारभूत विद्यालयमा समुदायका २० जनालाई सिताके च्याउ खेतीसम्बन्धी १५ दिने तालिमको शुभारम्भ गरेको छ ।
शिक्षक अभिभावकलाई तालिम दिँदा विद्यार्थीले समेत उद्यमी हुने हुँदा तालिम प्रदान गर्न लागेको उद्योग अधिकृत पर्शुराम आचार्यले जानकारी दिए । दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले उद्यमशील विद्यालय निर्माणको क्रममा यस्ता तालिमले योजना निर्माण र कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीको सिकाइमा सहजता प्रदान गर्ने कुरा राखेका छन् । नगर उपप्रमुख विष्णु थापाले तालिमले रोजगारीसँगै सीप विकास हुने र महिलाको आर्थिक क्षमता विकासमा टेवा पुग्ने धारणा राखेकी छन् । त्यस्तै कार्यक्रममा शुभकामना दिँदै उद्योग अधिकृत बिनोद बाँनियाले यस्ता कार्यक्रमले स्थानीय स्तरमै केही गर्छु भन्ने युवा पिढीलाई सहयोग पुग्ने धारण राखे ।
तालिमका सहजकर्ता शिताके च्याउ उत्पादक उद्यमी नगेन्द्र खड्काले उत्पादन ढिलो हुने हँुदा नआत्तिन अनुरोध गरेका छन् । तालिम कार्यक्रममा बिएससी एजिदेखि एमएसम्म पढेका सहभागी छन् कार्यक्रमको सञ्चालन उद्यम विकास सहजकर्ता रणकुमारी खड्काले गरेको वडा–२ कार्यालयले जानकारी दिएको छ । दुल्लू नगरपालिकाले गत वर्ष १० जनालाई तालिम दिएको थियो उक्त तालिम लिएका सबैले च्याउ खेती गरिरहेको नगर प्रमुख भण्डारीले नेपाल घटनालाई जानकारी दिए ।
दैलेख
प्रतिक्रिया