ट्रयाक्टरको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु

मकवानपुर । मकवानपुरगढीमा आज बिहान ट्रयाक्टरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–३ बस्ने ७० वर्षीया जुनकिरी परियार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आज बिहान मकवानपुरढीबाट मक्रान्चुलीतर्फ जाँदै गरेको ना ७ त ३८३ नंको ट्रयाक्टरको ठक्करबाट परियार गम्भीर घाइते भएकी थिइन् ।

उनको हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार ठक्कर दिने ट्रयाक्टर र चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया